अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धलाई करिब ३० देखि ३२ देशहरूमा विस्तार गर्ने तयारी गरेको छ ।
अमेरिकाको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हाल १९ देशहरूको सूचीलाई बढाएर ३० देखि ३२ सम्म पुर्याउने सिफारिस गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।
गत हप्ता दुई नेशनल गार्ड सदस्यमाथि गोली हानिएको घटनापछि अमेरिकामा हुने आप्रवासनलाई अझ आक्रामक रूपमा नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम उठाउन लागिएको हो ।
प्रतिबन्धमा थपिने देशहरूको सूची चाँडै सार्वजनिक हुने समाचारमा उल्लेख छ ।
ट्रम्प प्रशासनले पहिले नै १२ देशका यात्रुहरूमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । अन्य सात देशमा आंशिक प्रतिबन्ध लागु गरिएको छ ।
यात्रा प्रतिबन्ध सूचीमा रहेका देशका नागरिकहरूले अमेरिकाको यात्रा गर्न पाउने छैनन् । यसबाहेक मूल्यांकनको आधारमा सूची थप विस्तार हुनसक्ने बताइए पनि थपिने देशहरूको नाम र घोषणा मिति भने स्पष्ट गरिएको छैन ।
हाल अफगानिस्तान, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान, यमनलगायत देशका नागरिकले पूर्ण प्रतिबन्ध छ । बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरू आंशिक प्रतिबन्धको सूचीमा छन् ।एजेन्सी
