नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।
माज सदाकत र अनिश शाहको अर्धशतकसहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो ।
