‘हाम्रो आवाज दबाउने प्रयास भइरहेको छ’ – मिराज

जेन-जी अभियन्ता मिराज ढुंगानाले मंगलबारको घटनालाई लिएर ‘आवाज दबाउने प्रयास भइरहेको’ प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार जानेक्रममा मिराजसँगै समूहमाथि प्रहरीले लछारपछार गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार प्रधानमन्त्री निवासको बाहिरी भित्तामा विज्ञप्ती टाँस्न बाध्य भएको र मंगलबार भेट्न नपाएपछि सरकारले आश्वासनमात्र दिएको तर परिणाम शून्य भएको उनले बताएका छन् ।

मिराजले भनेका छन्ः

हाम्रो आवाज दबाउने प्रयास भएको तीन महिना भयो।

प्रधानमन्त्री कार्कीबाट ‘माग पूरा गर्छौं’ भनेर आश्वासन त पाइयो, तर परिणाम आजसम्म शून्य छ।

अब हामी चुप बस्नेवाला छैनौँ।

हाम्रो अधिकार, हाम्रो आवाज र हाम्रो भविष्यको कुरा हुँदा मौनता हामीले रोज्ने छैन।

जसले बोली रोकेको छ, त्यसलाई अब हाम्रो दृढताले जवाफ दिनेछ।

हामी बोल्छौँ, हामी उठ्छौँ, र हाम्रो अधिकार पूरा नहुन्जेल ।

Exit mobile version