इङ्ल्याण्डका क्रिकेटर जेसन रोयले पोखरा एभेञ्जर्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण खेल्ने भएका छन् ।
एनपीएलको फ्रेन्चाइज टोली पोखराले रोयलाई आवद्ध गरेको जनाएको छ । उनले ६४ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार पाँच सय २२ रन बनाएका छन् ।
यस्तै रोयले पाँच टेस्ट क्रिकेटमा एक सय ८७ र एक सय १६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा चार हजार दुई सय बढी रन बनाइसकेका छन् । उनीसँग आईपीएलसहित विश्वभरका सबैजसो फ्रेन्चाइज लिगको अनुभव छ ।
पोखराले यसअघि जिम्मी निशम, एडम रोसिङ्गटोन, रेमन रेइफर र डान डौथवेइटलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
एनपीएलको दोस्रो संस्करण पर्सि मङ्सिर १ गते सोमवारदेखि शुरू हुँदैछ । पोखराले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार विराटनगर किङ्ग्ससँग खेल्नेछ ।
