नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रूपैयाँले बढेको हो ।
बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १ सय ७० रूपैयाँले बढेको छ । महासंघकाअनुसार चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
