नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो ।
नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो । कीर्गिस्तान २२–२५,२५–१४,१८–२५,२५–२२,१५–९ विजयी भएको थियो ।
च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।
कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
