भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले अमेरिकी शहर न्युयोर्कको नगरप्रमुखमा निर्वाचित भएपछि गौतम बुद्ध र म:मलाई एकैसाथ प्रचार गरिदिएका छन् ।
आफ्नै क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी)लाई भेट्न उनले नेपाली रेष्टुरेन्ट छानेपछि उनको नेपाल मोहसमेत देखिएको छ ।
बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् ।
‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्योस् एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए,’ उनले लेखेका छन्, ‘तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’
सन् २००८ मा खुलेको सो रेस्टुरेन्ट नेपाली बाहुल्य क्षेत्र ज्याक्सन हाइट्समा नेपाली समुदायमाझ चर्चित छ । आफ्नो चुनाव प्रचार अभियानका क्रममा पनि मम्मदानी र एओसी दुवैले न्यु योर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामा पोस्ट गर्ने गरेका थिए ।

तस्बिरः मम्दानीको सामाजिक सञ्जाल एकाउन्ट ।