सरसफाइमा लापरवाही गरेको भन्दै काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द गराइएको छ ।
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।
अस्पताललाई क्यान्टिन र खाना दुबै स्वस्थ राख्न भन्दै एक साताभित्र आवश्यक सुधारको समय दिएको हो ।
