उर्जामन्त्री कुलमान घिसिङले पार्टी खोल्ने हल्ला चलिरहेकोबेला स्वयं घिसिङले त्यसलाई सत्य भएको पुष्टी गरिदिएका छन् । उनले भर्खरै सामाजिक सञ्जालमाफत पार्टी दर्ता गर्ने बताएका हुन् ।
मन्त्री घिसिङले फेसबुकमा लेखेका छन्ः
‘मैले अब आफ्नै राजनीतिक पार्टी दर्ता गर्ने निर्णय गरेको छु। केही ठुला पार्टीले मिडिया ट्रायल र विभिन्न आरोपमार्फत मलाई झुक्याउने प्रयास गरेपछि, मैले अब स्वतन्त्र रूपमा अघि बढ्ने र वास्तविक परिवर्तन ल्याउने बाटो रोजेको छु।
मेरो नयाँ पार्टीको नाम “उज्यालो नेपाल” हुनेछ, र हाम्रो चुनाव चिन्ह “बिजुलीको चिम” रहनेछ।
उज्यालो नेपालमार्फत मेरो उद्देश्य देशलाई पारदर्शी, आत्मनिर्भर र प्रगतिशील बनाउने हो। अब देशमा उज्यालो फैलाउने समय आएको छ, र नयाँ पुस्तालाई नेतृत्व सुम्पेर नेपाललाई नयाँ दिशातर्फ अघि बढाउने मेरो प्रतिबद्धता छ।’
कुलमान घिसिङ
