‘एनपिएलको ट्रफी’ पोखरामा,गण्डकीमा एभेन्सर्जले क्रिकेट एकेडेमी खोल्ने घोषणा

पोखरा । ट्रफी टुरअन्तर्गत नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी पोखरा आइपुगेको छ ।

सात वटै प्रदेशमा ट्रफी टुर गर्ने कार्यक्रम अन्तर्गत एनपिएलको ट्रफी गण्डकी प्रदेशको पोखरामा आइपुगेको हो । पोखरा एभेन्जर्सले पोखरा रंगशालामा एक कार्यक्रम गर्दै एनपिएलको ट्रफी सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गण्डकीमा पोखरा एभेन्सर्जले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरे । ‘हामीले गण्डकीमा एउटा एकेडेमी खोल्छौं । स्कुलस्कुलबाट एकेडेमी ल्याएर क्रिकेट सिकाएर एनपिएल हुँदै राष्ट्रिय टिममा सहभागी भएर विश्वकप जित्ने अवस्थासम्म पु¥याउन चाहन्छौं,’ उनले भने । ग्रासरुढबाट क्रिकेटर ल्याएर विकास गर्ने योजना रहेको त्रिपाठीले सुनाए ।

पहिलो संस्करणको एनपिएलमा पोखरा एभेन्जर्स सातौं भएको थियो । ७ खेलमा पोखराले दुई खेलमा मात्रै जित निकाल्न सक्यो । अध्यक्ष त्रिपाठीले यसपटक पहिलो संस्करणको कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्न प्रतिवद्धता जनाए । उनले भने, ‘के चिज राम्रो गर्न सकियो । कहाँ हाम्रो कमजोरी रह्यो भन्ने कुराहरुलाई हाम्रो टेक्निकल टिमहरुसँग बसेर त्यसलाई एनलाइज गरेका छौं ।’

आउँदो नोभेम्बर ३ देखि भारतमा क्याम्प सुरु हुने अध्यक्ष सुबोध त्रिपाठीले बताए । एनपिएलका खेलहरु फ्लड लाइटमा हुने भएकाले भारतमा फ्लड लाइटमा क्याम्प गरिने उनले बताए । कार्यक्रममा पोखरा एभेन्जर्सले सामाजिक कार्यमा योगदान गरेवापत झरना नेपाली र सम्राट थापामगरलाई सम्मान ग¥यो ।

Exit mobile version