भारतीय दूतावासद्वारा ८१ विद्यालयलाई बस उपहार

नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई १/१ वटा स्कुल बस वितरण गरेको छ ।

नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारी र मित्रतालाई सुदृढ बनाउने उद्देश्यले कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुरसहित सातै प्रदेशका ४८ जिल्लास्थित शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहारस्वरूप प्रदान गरिएको हो।

यी बसहरू हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम जिल्लाका विद्यालयहरूमा पनि वितरण गरिने दूतावासले जनाएको छ।

विगत तीन दशकमा भारत सरकारले नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई जम्मा ३८१ वटा स्कुल बसहरू उपलब्ध गराइसकेको छ ।

जसले नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई अझ मजबुत बनाएको काठमाडौंस्थित भारतीय दूतावासले उल्लेख गरेको छ ।

Exit mobile version