‘मैले आविष्कार केन्द्रलाई बजेट छुट्याउन मिल्दैन’ – शिक्षामन्त्री पुन

शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार केन्द्रलाई बजेट छुट्याउनु अनैतिक हुने बताएका छन्।

सामाजिक सञ्जालमा सक्रिय मन्त्री पुनले कृषि औजार कारखानामा बनेको धान काट्ने मेशिनको परीक्षणको भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

आफू मन्त्री भए पनि कारखाना चलिरहेको उनको भनाइ छ । कारखानाका लागि आर्थिक स्रोत आफ्नो आत्मकथा पुस्तक बेचेको र दाताबाट प्राप्त भएको रकम भएको उनले प्रष्ट पारेका छन् ।

पहिलेका सरकारहरूले कारखानालाई बेवास्ता गरेको गुनासो गर्दै पुनले अहिले आफू मन्त्री भएकाले त्यसका लागि आफैँले बजेट छुट्याउँदा अनैतिक हुने दुखेसो गरेका छन्।

‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना चलाइरहेकै छ। आर्थिक स्रोत भनेको मेरो आत्मकथाको किताब बेचेको पैसा र दाताहरूले दान गरेको पैसा हो’, मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री भएर कारखानाको लागि म आफैँले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारहरूले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ।’

Exit mobile version