मालपोत कार्यालय कास्कीले आफ्नो जग्गा स्रेस्ता कामय गर्न लालपुर्जासहित उपस्थित हुन सूचना जारी गरेको भोलिपल्ट केही वडाका स्रेस्ता सुरक्षित रहेको बताएको छ ।
मालपोतका अनुसार पोखरा वडा नं ११, १२, १३, कास्कीकोट, हेमजा, भलाम, मौजा र आर्बा बिजयको जग्गाको हकमा स्रेष्ता सुरक्षित रहेको छ ।
यसअघि मालपोत कार्यालयले हालैको जेनजी आन्दोलनका दौरान मालपोत कार्यालयमा रहेका जग्गाधनीका विवरण आगोले नष्ट गरेको भन्दै लालपुर्जा लिएर आफ्नो सम्पत्ति कायम गर्न भनेको थियो ।
बुधबारै मालपोतले भूमि प्रशासन निर्देशिका–२०८१ को दफा २१ अनुसार श्रेस्ता कामय गर्न आउँदा जग्गाधनीको सक्कल पुर्जा र नागरिकताको प्रतिलिपिसहित स्वयं उपस्थित हुने सूचना जारी गरिसकेको छ ।
त्यस्तै, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमतिपत्र, मालपोत बुझाएको रसिदलगायत संलग्न गरी ३५ दिने सार्वजनिक सूचना पनि उपलब्ध गराउन भनिएको छ ।
लालपुर्जालगायतका कागजपत्र जलेपनि डिजिटल रेकर्ड भने मालपोतमा सुरक्षित भएकाले नागरिकलाई अनाहकमा दुख दिएकोबारेर सोध्दा कर्मचारी भने निर्देशिका अनुरुप सूचना निकालेको बताउँछन्