पोखरा महानगरपालिकाले जेनजी आन्दोलनकाक्रममा जलाइएका सामग्री अझै सडकमा देखिएकाले तत्काल उठाउन अनुरोध गरेको छ ।
महानगर प्रमुख धनराज आचार्यले आज आन्दोलनका क्रममा आगजनीमा परेका सवारी साधनहरू आजसम्म पनि सम्बन्धित कार्यालय वा व्यक्तिले सार्वजनिक स्थलबाट नउठाउँदा, विदेशी पर्यटकहरूमा समेत नकारात्मक प्रभाव र शंका उत्पन्न भइरहेको भन्दै उठाउन अनुरोध गरेका हुन् ।
मुलतः त्यस्ता सामग्रीले सहरको सौन्दर्य बिगारेको र पर्यटनलाई असर पार्ने उनको भनाई छ ।
त्यसो त जुनसुकै कार्यालय वा व्यक्तिको भए पनि ती सवारी साधनहरू महानगरपालिकाले उठाई सुरक्षित रूपमा व्यवस्थापन गरिरहेको छ।
यसर्थ, अझैपनि सडकको दायाँ–बायाँ आगलागीमा परेका सवारी साधन वा अन्य कुनै सामग्री अलपत्र परेको देखिएमा ९८४६०३१४६५ मा फोन गर्न पनि महानगरले अनुरोध गरेको छ ।