सल्यानमा एकाबिहानै गाडी दुर्घटना, तीनको मृत्यु

सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज बिहान रुकुमबाट दाङका लागि गुडेको लु२ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट–३ चोरखोलामा भएको दुर्घटनामा एक महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि नेपालगञ्ज पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

बस सडकबाट करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Exit mobile version