आफ्नै रेकर्ड तोड्दै उकालियो सुनको दाम

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो ।

हिजो सुन २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ पुगको छ। यो हालसम्मकै उच्च मूल्य हो।

हिजो चाँदी प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Exit mobile version