नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ९५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदी प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
Post Views: 53