शेयर बजारमा पहिरो ! ३ पटक सर्किट ब्रेक, ४ मिनेटमा बन्द

भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि बिहीबार खुलेको सेयर बजारमा पहिरो गएको छ।

कारोबार शुरू भएको केही मिनेटमै तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार स्थगित गरिएको छ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो।

त्यसपछि ११:२३ बजे पुनः खुलेको बजारमा थप गिरावट आई समग्रमा ५ प्रतिशतले घटेपछि दोस्रो पटक सर्किट ब्रेक लाग्यो।

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेट रोकिएर १२:०४ बजे खुलेको बजार ६ प्रतिशतले घटेपछि तेस्रो तथा अन्तिम सर्किट ब्रेकसँगै बिहीबारका लागि कारोबार पूर्ण रूपमा बन्द भयो।

आज बजार बन्द हुँदा नेप्से परिसूचक १६० अंकले घटेर २५११ विन्दुमा झरेको छ। दिनभरमा जम्मा ४ मिनेट मात्र कारोबार भएकोमा ७२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।

Exit mobile version