खण्डहर प्रदेशसभाका भवन देखेपछि विक्षिप्त मुख्यमन्त्रीको बोली नै फुटेन !

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज नदीपुरस्थित प्रदेशसभाको निरीक्षण गरेका छन् ।

अर्थमन्त्री टकराज गुरुङसहित अपरान्ह प्रदेशसभा पुगेका मुख्यमन्त्री पाण्डे गाडीबाट ओर्लेर सभाको पूर्वी भाग हुँदै अवलोकन गर्न सुरु गरेपछि नफर्किउञ्जेलसम्म शब्दवीहित भएर निस्के ।

मुख्मन्त्रीलाई निरीक्षणकाक्रममा प्रदेशसभाका कर्मचारी र सुरक्षाकर्मीलगायतले ब्रिफिङ् गर्दै घटनाबारे जानकारी गराए ।

एक सामाजिक संस्थाको कार्यक्रममा भाग लिन दुबई पुगेका बेला देशमा जेनजी आन्दोलन सुरु भएको थियो ।

सोही आन्दोलनका रापतापमा जलेको प्रदेशसभा भवन निरीक्षण गर्न पुगेका मुख्यमन्त्री त्यहाँको दृश्य देख्दा गम्भीर र दुखी देखिएका हुन् ।

निरीक्षणपश्चात् सञ्चारकर्मीले कुनै प्रश्न गर्ने आँट पनि गरेनन् भने मुख्यमन्त्री स्वयं बोल्न सक्ने स्थितिमा पनि रहेनन् ।

प्रदेशसभापछि जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गर्न पुगेका पाण्डेले त्यहाँ भने सुरक्षाकर्मी र पत्रकारसमक्ष प्रतिक्रिया दिए ।

‘जस्तो अवस्थामा हुनुहुन्छ नागरिकलाई सेवा र सुरक्षाको प्रत्याभुति दिन प्रयास गर्नुहोस्’ पाण्डेले भने ‘पूनर्निमाणमा मिलेर हातेमालो गर्नेर्छाैं ।

Exit mobile version