मौन शान्ति र्‍यालीको आयोजना गर्दै पोउवा

 पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्‍याली गर्ने भएको छ ।
 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको वस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले  यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति र्‍यालीको आयोजना गर्न लागेको हो ।

बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन र्‍याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार शान्ति र्‍याली मौन प्रकृतिको हुने छ ।

‘आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।

Exit mobile version