नेपाल रुबेलामुक्त देश भएको छः मन्त्री पौडेल

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले नेपाल रुबेला रोग मुक्त देश भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरेको मन्त्री पौडेलले जनाए ।

यही अवसरमा पौडेलले यसलाई ऐतिहासिक उपलब्धी भन्दै रुबेलामुक्त बनाउन अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।

‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो’ पौडेलले भनेका छन् ।

त्यस्तै, ‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु’ उनको भनाई छ ।

Exit mobile version