सहकारी ठगीको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जाँदैनः अधिवक्ता त्रिपाठी

santan ads

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पछिल्लो समय सूर्यदर्शन सहकारी ठगीको आरोपमा जेल परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको विषयमा टिप्पणी गरेका छन् ।

अधिवक्ता त्रिपाठीले सहकारी ठगीमा पुर्पक्षका लागि जेल परेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने रास्वपा कार्यकर्ताको टिप्पणी हास्यास्पद भएको बताएका छन्।

‘कुनै दुई मुलुकको सीमा र सार्वभौमसत्ताविरुद्ध हुने विषय मात्र अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार हुने गर्छ । राज्य मात्र यसको पार्टी (पक्ष) हुन सक्छ, व्यक्ति हुँदैन,’ राजधानीमा सञ्चारकर्मीसँग त्रिपाठीले भने, ‘सहकारी ठगीमा पुर्पक्षमा जेल परेको विषय अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार हुँदैन ।’

त्रिपाठीले सर्वोच्चको आदेशपछि पनि रास्वपा नेता कार्यकर्ताबाट न्यायिक प्रक्रिया, न्यायाधीश र कानून व्यवसायीलाई अहिले पनि गालीगलौज भइरहेको समेत टिप्पणी गरेका छन् ।

Scroll to Top