काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ ।
चिनको सांघाइमा विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएका हुन् ।
सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ । भदौ दोस्रो साता हुने सो शिखर सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ ।
शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।
प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई धु्रवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।