एकै थलोमा सिडिओ र सुरक्षाकर्मी, चासो ‘सुरक्षित पर्यटन’को

पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा पर्यटन परिषद्को समन्वयमा ‘पर्यटनको गन्तव्य, सुरक्षा हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईज्यूको संयोजकत्वमा भएको अन्तरक्रियामा पर्यटन क्षेत्रलाई सुरक्षित राख्न सम्बन्धित निकायका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पर्यटन क्षेत्रलाई सहज र सुरक्षित राख्न सदैव तयार रहेको बताउँदै प्रहरी प्रशासनले पनि सोही अनुरुप काम गरेको जनाइन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्याम बाबु ओलियालगायतले पर्यटनसम्बद्ध संस्थासँग आवश्यक छलफल गरेका छन् ।

पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापनमा सक्रिय रहेको भन्दै उपस्थिति जिम्मेवार निकायले पोखरा भ्रमण वर्षलाई सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

हाल वर्षाको समय भएकाले पोखरामा पर्यटनको आगमनमा कमी आएको छ । सेप्टेम्बरको सुरुवातदेखि पर्यटनको सिजन मानिन्छ ।

Exit mobile version