बन्दीपुर गापा वडा १ र ४ मा रास्वपाको अधिवेशन सम्पन्न

तनहुँ । बन्दीपुर गाउँपालिका वडा १ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वडा अधिवेशन सम्पन्न गरेको छ ।

बन्दीपुर गाउँपालिकाका सभापति शम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनले वडा नम्बर ४ मा पुष्पराज बट्टु र १ मा कृष्णगोपाल न्यौपानेलाई सभापतित्वमा सर्वसम्मत चयन गरेको छ ।

वडा नम्बर ४ को उपसभापतिमा चित्रबहादुर गुरुङ , सचिव देवभक्त खत्री चयन भएका छन ।
त्यस्तै १ को लागि पवित्रा पोखरेल चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरूमा मिनबहादुर गुरुङ, हरिलाल उपाध्याय, ओम बहादुर राउत ,तारा गुरुङ , भक्तबहादुर थापा , चुनामणी सुवेदी चयन भएको पार्टीका जिल्ला नेता अनिल श्रेष्ठले बताए ।

कार्यक्रममा केन्द्रीय जलस्रोत तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने र जिल्ला सभापति विश्वनाथ बास्तोला, प्रदेश सदस्य सूर्यमणि पौडेल , जिल्ला सचिव पदम न्यौपाने , निर्वाचन क्षेत्र समिति सभापति विष्णु , पन्थ र सचिव शशी रुपा खेती सहितको उपस्थिति रहेको थियो।

Exit mobile version