शाखा प्रमुख र सचिवलाई भेला पारेर मेयरले भनेः –‘कार्यसम्पादन चुस्त र नतिजामुखी बनाउनुहोस्’

santan ads

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर मातहतका महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन्।

उनले महानगरका कार्यालयहरूको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन उपलब्ध स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षतालाई व्यवहारिक रूपमा प्रदर्शन गर्न भनेका हुन्।

मेयर आचार्यले महानगरपालिकाका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न निर्देशन दिए।

कतिपय आलोचनाहरूका बिचबाट पनि नागरिक सेवालाई चुस्त र गुनासोरहित बनाउनुको विकल्प नरहेको उनले बताए।

आफ्ना कार्यालयहरूमार्फत सञ्चालित विकास आयोजनाहरूलाई तोकिएको समयमा सम्पन्न गर्ने, गुणस्तर परीक्षण गर्ने, प्रशासनिक सेवालाई चुस्त बनाउने र गुनासोरहित पारदर्शी सेवामा जोड दिन उनले निर्देशन दिए।

साथै, प्राप्त उपलब्धिहरूको अभिलेखलाई व्यवस्थित गर्ने कार्यमा पनि विशेष ध्यान दिन ध्यानाकर्षण गराए।

Scroll to Top