रुपन्देही कारागारमा मैले देखेको रबि लामिछाने !

रबि दाई (राष्ट्रिय स्वतन्त्र पार्टी, सभापति)लाई रुपन्देही कारागार चलान गरेपछि ८ पटक रुपन्देही कारागार पुगेको छु । कति पटक भेट्न पाए, कति पटक भेट्न पनि नपाएर फर्किए, त्यो फरक कुरा हो ।

यसैबीच नयाँ पत्रिकाले रबिलाइ राखिएको रुपन्देही कारागारको अवस्थाको बिषयमा समाचार बनायो । त्यसको केही घण्टा पछि अन्नपुर्ण पोष्टले फेरी फरक समाचार प्रकासित गर्यो !

आम मानिसमा पर्न सक्ने दुबिधा र मैले देखेको रबि दाइको कारागार बसाइको बास्तबिकता भन्नै मन लाग्यो । पहिलोपटक रुपन्देही कारागारमा रबि दाईलाई भेट्न जादा आँखा रसाएको थियो मेरो !

पछिल्लो ८औं पटक पुग्दा पनि केही फरक र चित्त बुझाउने अवस्था नदेखे पछि गहभरी आँसु र भारी मन लिएर पोखरा फर्किएको थिए । ४ नम्बर ब्लकमा राखिएका रबि रुपन्देहीको त्यो गर्मी र त्यो जिर्ण भवन (कारागारमा) एक्लै राखिनु भिआइपी सुबिधा हो भने मलाइ थाहा छैन ।

तर त्यो भन्दा फरक र बिशेष सुबिधा मैले केही देखिन । जिर्ण भवन, बाहिरबाट देखिने अँध्यारो कोठा र रबि दाइलाइ भेट्न जादा गरिने खानतलासी र कडाईले साँच्चै नै कारागारमात्र नभई कालकोठरीको बासमा राखे जस्तै अनुभुति भयो ।

उसो त राज्य नै लागेको रबिका लागि त्यो पनि सुखदायी नै मान्नुपर्छ तर मानवीयता, मानव अधिकार र मानवीय समवेदना कहिँ कतै देखिदैन रबिमाथि । कारागारको त्यो दयनीय बसाईमा पनि उच्च मनोबलका साथ रबि दाइलाई देखेपछि भने बसाइ साह्रै नराम्रो रहेनछ भनेर चित्त बुझाउने मात्र हो ।

बसाइ दुखद छ तर आउने दिन सुखद हुनेछन् भन्ने कामना र बिश्वास सहित रबि दाइको कारागार बसाइ छिट्टै टुंगियोस भन्ने प्रार्थना गर्दछु ।

नोटः उल्लिखित तस्बिर एआइको सहयोगमा निर्मित हो ।

– (पौडेल, रास्वपाको सार्वजनिक मामिला विभागका केन्द्रिय सदस्य हुन् ।)

Exit mobile version