एनआरएन अष्ट्रियाको महाधिवेशन १३ सेप्टेम्बरमा

पोखरा । गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रियाको एकता महाधिवेशन १३ सेप्टेम्बरमा हुने भएको छ ।

एनआरएन अष्ट्रियाको बैठकले आगामी सेप्टेम्बरकामा अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले एनआरएनमा देखिएका आन्तरिक विवाद पूर्ण रुपमा समाधान नहुन्जेलसम्म संंस्थाले एनसीसी अष्ट्रियासँग कुनै किसिमको संलग्नता नराख्ने निर्णय समेत गरेको छ ।

यस्तै बारम्बार सदस्यता नविकरणनगरि पूर्वका४४० जना पञ्जीकृत सदस्यहरुको सदस्याता कायम राख्ने र नयाँ वा पहिलो सदस्यताका नलिएका र लिन चाहेकाको हकमा सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो ।

नयाँ सदस्यताका लागि १५ अगस्ट सम्मको मिति राखिएको छ । अधिवेशन डन वोस्को गास्से १४, १२३० विनमा हुनेछ ।

Exit mobile version