महिला युरोकप फुटबलको उपाधि इंग्ल्याण्डले उचाल्यो 

महिला युरोकप फुटबल २०२५ को उपाधि इंग्ल्याण्डले उचालेको छ । 

गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इंग्ल्याण्डले उपाधी उचालेको हो । 

इंग्ल्याण्डले विदेशी भूमिमा पहिलो पटक ठुलो प्रतियोगिताको उपाधी जित्दै इतिहास रच्यो ।

यो इतिहास रच्ने क्रममा इंग्ल्याण्ड गोलरक्षक हाना हाम्टन पेनाल्टीसुटमा स्पेनको २ गोल रोकेर हिरो बनिनन ।

Exit mobile version