अमेरिकन रेस्लर हल्क हगनको मृत्यु भएको छ ।
हगनको फ्लोरिडास्थित आफ्नै निवासमा ७१ वर्षको उमेरमा मृत्यु भएको अमेरिकन सञ्चारमाध्यमले जनाएका छन् ।
खुइल्याइएको तालु र सेता लामा जुङ्गाका कारण पनि उत्तिकै चर्चित हगनले सन् १९९७ मा व्यावसायिक रेस्लिङ् सुरु गरेका थिए ।
सन् ९० को दशकमा ख्याति कमाएका हगनको सवा ११ बजे राति स्थानीय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।
यसअघि मुटुको सर्जरी गरिएका हगनको आकस्मिक हृदयघातकाकारण मृत्यु भएको जनाइएको छ ।
(एजेन्सीको सहयोगमा)