कास्की कारागारमा लफडा ! आर्थिक चलखेलबाट चौकिदार नियुक्तिको आरोप, गृहमन्त्रीलाई कैदीको चिट्ठी

कास्की कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरुले आर्थिक चलखेल गरेर चौकीदार नियुक्त गरिएको भन्दै पत्रमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले माग पूरा नभएसम्म नयाँ चौकीदारलाई बहिष्कार गर्ने, आमरण अनसन बस्ने कैदीबन्दीले पत्रमा उल्लेख गरेका छन् ।

कारागार व्यवस्थापन विषयक बैठक २०८२ साउन ३ गते सम्पन्न भएको र सोही आधारमा साउन ४ गते गृहमन्त्रालयमार्फत गृह मन्त्रीलाई पठाइएको उक्त पत्रमा लेखिएअनुसार, कारागारका बन्दीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै ‘सम्पूर्ण कैदीबन्दी’ ले आफ्ना गुनासा तथा मागहरू राखेका छन् ।

पत्रमा मुलतः ४ माग रहेका छन् । जसमा कैदीबन्दीलाई काम गरेबापत पारिश्रमिक दिनुपर्ने, चौकीदारी जस्ता सेवाको आधिकारिक मूल्याङ्कन गरी प्रक्रिया मिलाएरमात्र चयन गर्नुपर्नेलगायत छन् ।

कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार बनाउन कारागार कार्यालय कास्कीलाई आइतबार सिफारिस गरेपछि अर्का कैदी प्रकाश गुरुङको समूहबीच झडप भएको थियो । उक्त चिट्ठी उनै प्रकाशको समूहबाट पठाइएको हो ।

अजयले कैदीबन्दीबीच गुटबन्दी गर्ने र पक्षपाति शैली अपनाउने प्रकाश समूहको आरोप छ ।

यस ब्ल्कमा ३ सय ६६ बन्दी छन् । जसमध्ये बहुमतले प्रकाशलाई चौकीदार बनाउनुपर्ने मागस्वरुप पत्र लेखेका हुन् ।

अजय र प्रकाश दुबै कत्र्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका छन् ।

Exit mobile version