संस्कृृतिकर्मी एवं साहित्यकार तीर्थलाई पोखरा थिएटरको सम्मान

santan ads

पोखरा थिएटरले नेपाली साहित्यका वरिष्ठ स्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको धारणा राखे ।

‘आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो’ भट्टको भनाई छ ।

उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् ।भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे ।

पोखरा थिएटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उनका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।

Scroll to Top