gayetri poem

“गरिबी र रोगले गाल्छ अर्कोतिर तिम्ले,बिमा गर्न उक्साउँदै पीडा हाम्लाई दिने”

santan ads

    बिमाको सवाई

स्वास्थ्य बिमा नाममात्रको डाक्टर भेट्नै गाह्रो
लाइनमा बस्दा बस्दै ज्यानै जाने पारो।

एकदिन टिकट लियो डाक्टर भेट्न नपाई
घर फर्किन पर्ने हुन्छ अस्पतालबाटै ।

बल्लतल्ल डाक्टर भेट्यो रगतपिसाब जाँच्यो
हप्तौँ पछि आउँछ पालो गर्नलाई भिडियो ।

पन्ध्र दिनमा रिपोर्ट जम्मा पारी डाक्टर भेट्दा
ढिलो भयो भन्छन् डाक्टर उपचार गर्दा ।

डाक्टरले औषधी लेख्छन् पन्ध्र दिनको
अधिकांश औषधी नै छैन फार्मेसीको ।

दाँतको उपचार त झनै सोच्नै नसकिने
दुई महिनामा यदाकदा पालो रैछ आउने ।

एकातिर दिए जस्तो गर्छौ सरकार तिमी
व्यवहारमा निसास्सेछौँ बिमा गर्ने हामी ।

सरकारका स्वास्थ्य मन्त्री गुड्डी हाँक्दै हिड्ने
जनता हामी कसरी हो स्वास्थ्य सेवा लिने ?

गरिबी र रोगले गाल्छ अर्कोतिर तिम्ले
बिमा गर्न उक्साउँदै पीडा हाम्लाई दिने ।

कागजका योजनाले दिंदैन है उपचार
भीखै माग्या जस्तो गर्छौ केही छैन आचार ।

गुणस्तरीय उपचार देऊ जनतालाई
जनताका माझ जोगाऊ तिम्रो अस्तित्वलाई ।

यतिभन्दा के भनौँ र बुझ्ने आफैँ सरकार
अति भए खती हुन्छ राख आफैँ दरकार ।
बिमा पीडित जनता

Scroll to Top