नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज (आईतबार) साँझ बंगलादेश संग भएको खेलमा ३-२ गोलले पराजित भएको छ ।
पहिलो हाफ २-० ले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै २-२ को बराबरी गरेको थियो । खेल सकिन केहि मिनेट बाँकी रहदाँ डिफेन्स लाईन अपको कमजोरीका कारण हार ब्योहर्न पर्यो ।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।
यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।