पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन् ।
७९औं जन्मोत्सवका अवसरमा शुभकामना दिन यतिबेला निर्मल निवासमा सर्वसाधारणको भीड लागेको छ । सयौं सर्वसाधारण निर्मल निवास बाहिर शुभकामना दिन उपस्थित भएका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा सांसद पशुपति शमशेर राणा पनि निर्मल निवास पुगेका छन् ।अन्य राप्रपा नेताहरू र राजसंस्थाका समर्थकहरू समेत कार्यक्रममा सहभागी भएका छन्।
पूर्वराजाको संवाद सचिवालयकाअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको छ ।
