नेपाल जित नजिक पुगेर बाहिरियो

पोखरा । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। 

नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो।

पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले  दोस्रो हाफमा बराबरी बनाएको थियो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गर्दै खेल बराबरीमा पुर्‍याए को थियो । 

नेपालको लागि गीता राना र सबिता राना मगर गोल गरिन्। सावित्रा भण्डारीको पेनाल्टी बारमा लागेर बाहिरियो भने अन्जना राना मगरको पेनाल्टी उज्बेकिस्तानकी गोलकिपरले रोक्दिएकी थिईन ।

Exit mobile version