गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ ।
बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाको आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध गराइएको हो ।
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सम्बन्धित स्वास्थ्य संस्थालाई सोमबार गाडीको चावी हस्तान्तरण गरे ।
प्रदेश सरकारले गण्डकीका १३ अस्पताललाई हालैमात्र स्तरोन्नति गरेको थियो । अस्पतालको बेड थपेरमात्रै स्तरोन्नति नहुने भन्दै मन्त्री पाठकले अस्पतालहरुको सुदृढिकरण गर्ने योजना अनुसार गाडी प्रदान गरिएको बताएका छन् ।