पोखरा । एपिएफ प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ ले त्रिभुवन आर्मीलाई ३१–१७ ले पराजित गर्दै च्याम्पियन बनेको ।
उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपिएफले कोशीप्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो ।
फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्न सफल रह्यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।
१२ गतेदेखी १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थिए । यस्तै विभागीय एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन् । यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद रु ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र हात पारे ।