राष्ट्रिय महिला ह्याण्डबल : गण्डकी,कोशी,आर्मी र एपीएफ सेमिफाईनल प्रवेश

पोखरा । गण्डकी,कोशी,आर्मी र एपीएफ पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३ गोलअन्तरले पराजित गर्दे सेमिफाइनलको यात्रातय गरेको हो । यस्तै एपिएफले मधेश प्रदेशलाई २२–४ ले पराजित गरेर सेमिफाइनलमा स्पेस बनाएको हो ।

कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलअन्तर पराजित गर्दा त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले पराजित गर्दे उपाधि जित्ने संम्भावनालाई जिवितै राखेको हो ।

समुह ‘ए’ तर्फ एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक सहित समुह विजेता र गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक सहित उपविजेता बनेको हो ।

समुह ‘बि’ तर्फ आर्मी ३ खेलमा ३ जितसहित ९ अंकका साथ शिर्षस्थानमा रह्यो भने कोशी ३ खेलमा २ जित १ हार बाट ६ अंकका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनको यात्रातय गरेको हो ।

आज (शुक्रबार) ६ खेल सम्पन्न भए संगै लिग चरणका खेलहरु सम्पन्न भएको छ ।

भोलि समुह ए को विजेता एपिएफ र उपविजेता कोशी प्रदेश बिच हुनेछ । भने अर्को खेल समुह बि को विजेता आर्मी र आयोजक गण्डकी प्रदेश आमनेसामने हुनेछ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना भएको प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version