मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा सुनाए – ‘जुन दिन मन छ तिमिलाई, तारा दिन मन छ …’

दिपक के श्रेष्ठः

गण्डकी प्रदेशको आठौं अधिवेशनको बीसौं बैंठकमा बजेटसम्बन्धी प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुवातमै गीतको लामो हरफ सुनाए ।

‘जुन दिन मन छ तिमिलाई, तारा दिन मन छ
न त सक्छु टिप्न जुन,
न त सक्छु तारा
दिउ कि के हो मुटु बली
कति टुक्रा बनाउ
कुन देउतालाई कति दिउ
लौ न मलाई सुनाउ ।।

सांसदहरुले माग गरे अनुरुप बजेट नपाएको भन्दै विभिन्न शैलीमा गरेको विरोध र असहमपतिप्रति उनले उक्त गीतको हरफबाट जवाफ फर्काएका हुन् ।

‘ढुकुटी सानो छ, सबैलाई थाहै छ’ पाण्डेले सुनाए ‘भनेजति दिन रहर थिएन होला र । बजेट कसरी बन्यो भन्ने जिज्ञासासँगे कर्मचारी हावी भएकोसमेत सुन्न आएको भन्दै उनले यस विषयमा सरकार गम्भीर भएको बताए ।

पाण्डेले भने ‘म त गम्भीरमात्र हैन यसमा म साह्रै संवेदनशील छु, तपाइहरुले छिट्टै थाहा पाउनु हुनेछ ।’

आफ्नो गाउँको, जिल्लाको, प्रदेशको विकास गर्न सबैलाई चाहना भएको भन्दै बजेटको दायरा सानो भएको उनले सुनाए । तैपनि सांसदहरुले बुझेर पनि नबुझेजस्तो गरेको भन्दै उनले ‘फूलको आँखामा, फूलै संसार’ भन्ने प्रतिक्रिया दिए ।

सम्बोधनको सुरुवातमै मुख्यमन्त्री पाण्डेले यसअघि मिडियामा आएका विषयवस्तुप्रति कुनै पूर्वाग्रह नभएको भन्दै उनले भने ‘मिडियाका साथीहरुलाई धन्यवाद, समाचारप्रति मेरो कुनै गुनासो छैन ।’

मिडियाले लेख्न पाउनुपर्छ भनेर जीवनको सुनौला दिन खर्चिएको भन्दै उनले कुनै पूर्वाग्रह नरहेको स्पष्ट पारे ।

सदनमा मुख्यमन्त्रीले सवालका जवाफ दिने क्रम जारी छ ।

Exit mobile version