रास्वपा र राप्रपाद्वारा आजपनि संसद बैठक बहिष्कार

रास्वपा र राप्रपाकाका सासंदहरुले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका दुबै दलले सोमबारको बैठक पनि बहिष्कार गरेका हुन् ।

सोमबारको बैठकमा रास्वपा सासंद शिव नेपालीले भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा बेच्ने अपराधमात्र नभएर मानवताको घोर अपमान भएको बताएका थिए । यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठुला दलको सरकार किन मौन भनि उनले प्रश्न गरेका थिए ।

दुई दलको बहिष्कारका बाबजुद बैठक नियमितरुपमा संचालन भईरहेको छ ।

Exit mobile version