‘एसीसी यू–१६ कप’मा नेपालको विजयी सुरुवात

सिंगापुरमा आईतबारबाट सुरु एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा प्रसिद्ध जैशीले अविजित ५५ रनको अर्धशतकिय पारी खेलेका थिए । त्यस्तै रौनक श्रीवास्तवले ४० रन बनाए ।

सिंगापुरका आकाश तेजाले ३ तथा युवान पाण्डेले एक विकेट लिए । त्यसअधि कप्तान विपिनप्रसाद शर्माको ४ तथा सचिन भट्टको ३ विकेटको मद्धतमा नेपालले सिंगापुरलाई १३८ रनमा अलआउट गरेको थियो ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाएका थिए भने अर्का ब्याट्सम्यान आहान भुथानदमले ३८ रनको योगदान दिए ।

नेपाले अब आफ्नो दोस्रो खेलमा मंगलबार जापानको सामना गर्ने छ ।

Exit mobile version