बजेटमा ‘बलवान’ बागमती, ‘कमजोर’ गण्डकी !

दिपक के श्रेष्ठः गण्डकी प्रदेश भूगोल, जनसंख्या, महानगर, पर्यटनको ग्राफमा बलियो देखिएपनि बजेटको थैलोमा भने सातै प्रदेशमध्ये सबैभन्दा कमजोर दर्ज भएको छ ।

आइतबार सातै प्रदेशका सरकारले आर्थिक वर्ष ०८२ ८३ को बजेट प्रस्तुत गरेका छन् । उक्त बजेटमा विनियोजन गरिएको रकममा गण्डकीको पूँजी सातौं नम्बर अर्थात् अन्तिममा रहेको छ ।

यस आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ विनियोजन गरेर बागमती प्रदेश बजेटमा बलियो देखिएको छ ।

दोस्रोमा मधेश प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाख र लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेटको चौथोमा रहेको कोशी प्रदेशले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ ।

पाँचौमा सुदूरपश्चिम प्रदेश रहेको छ । जसको बजेट ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

छैठौंमा भने कर्णाली प्रदेश रहेको छ । कर्णालीले यस आर्थिक वर्षलाई ३२ अर्ब ९९ करोड ६६ लाख छुट्याएको छ ।

अन्तिममा रहेको गण्डकीले भने ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ ।

Exit mobile version