दलित विद्यार्थीमाथि अपशब्द र जातीय दूर्व्यवहारको आरोपमा प्राध्यापकविरुद्ध प्रहरीमा उजुरी, भोली अदालत जाने

नयाँलिपिः पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापकले विद्यार्थीमाथि अपमानजनक शब्द प्रयोग गरेको र जातीय दूव्र्यवहार गरेको आरोप लागेको छ ।

एमबीएमा अध्ययनरत विद्यार्थी अमन परियारमाथि प्राडा देविलाल शर्माले शैक्षिक भ्रमणकाक्रममा दूर्वाच्य बोलेको दलित विद्यार्थी समाज, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष अमृत विकले बताएका छन् ।

‘अमनमाथि जातकै आधारमा अपशब्द बोलिएको र प्रतिवाद गर्दा पोखराबाटै गायब पारिदिने धम्की दिइएको छ’ अध्यक्ष विकले जानकारी दिए ।

समाजले प्राडा शर्मामाथि कारवाहीको माग गर्दै आज जिल्ला प्रहरीका कार्यालय कास्कीमा उजुरी दिएको छ ।

भोली यही विषयउपर न्यायको माग गर्दै उच्च अदालत पोखरामा जाहेरी दिने अध्यक्ष विकले जानकारी दिएका छन् ।

एमबीए फाइनान्सतर्फका विद्यार्थीलाई लिएर प्राध्यापकहरुको समूह औद्योगिक भ्रमणार्थ हेटौंडा गएका थिए । हेटौंडापछिको गन्तव्य सिन्धुलीमा सोमबार साँझ दूर्व्यवहार भएको बताइएको छ ।

भ्रमणमा प्राध्यापक शर्मासँगै राजेन्द्र सुवेदी र ध्रुव बुढाथोकी रहेका थिए । समाजले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर प्रहरी कार्यालय पुगेका थिए ।

Exit mobile version