कोशी व्हिलचियर बास्केटबलमा गण्डकीको लगातार २ जीत

नयाँलिपिः इस्पाइनल इन्जुरी संघ कोशी प्रदेशद्वारा आयोजित व्हिलचियर बास्केटबल प्रतियोगितामा आज भएको खेलमा गण्डकी प्रदेशको टोलीले २ जीत हात पारेको छ ।

प्रतियोगिताको पहिलो स्पर्धामा मधेश प्रदेशलाई ४ को विरुद्ध ३४ स्कोरले पराजित गरेको गण्डकीले दोस्रो खेलमा कोशीलाई ८ को विरुद्ध २३ स्कोरले पन्छाएको छ ।

लगातार जीतसँगै गण्डकी समूह ‘बी’ बाट शीर्ष स्थानमा रहेको छ ।

आयोजकका अनुसार शनिबार समूह ‘ए’ को बागमती प्रदेशसँग गण्डकीले सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्ने छ ।

गण्डकीबाट भरतविक्रम बानियाँको कप्तानीमा ७ खेलाडी सहभागी छन् ।

टिममा खुम पाण्डे, सुरेश गौली, कृष्णराम लामिछाने, भरत अधिकारी, देव परियार र फनि नारायण पौडेल रहेका छन् ।

टिमको प्रशिक्षकमा चेतप्रसाद अधिकारी र व्यवस्थापकमा कृष सुनार रहेको संघले जनाएको छ ।

Exit mobile version