फुटबलका राजेन्द्र तामाङ ‘उत्कृष्ट’ प्रशिक्षक घोषित

नयाँलिपिः नवौं पोखरा स्पोर्टस् अवार्डमा नेपाली महिला फुटबलका राजेन्द्र तामाङ ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा तामाङसँगै भलिबलका रमेश केसी र टेनिसका निरज थापा पनि मनोनयनमा परेका थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षक तामाङलाई नगद ३५ हजार रूपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मुक्तिनाथ विकाश बैंक गण्डकीका प्रमुख रसिक भण्डारी, टाइगर ग्रुप अफ पोखराका सचिव डिबी नेपालीलगायतले नगद, प्रमाणपत्र र अवार्ड अर्पण गरेका थिए ।

तामाङ् अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरुको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन् ।

Exit mobile version