नेपाल खेलकुद पत्रकार मञ्चमा अधिकारी

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्षमा नीराजन अधिकारी निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा भएको मञ्चको २० औं साधारण सभाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अधिकारीले अध्यक्षका प्रत्यासी प्रकाश तिमिल्सिनालाई १० मत अन्तरले पराजित गरेका हुन् । 

कुल ८७ सदस्यमध्ये निर्वाचनमा ८० मत खसेको थियो । जसमा अधिकारीले ४५ र तिमिल्सिनाले ३५ प्राप्त गरेका हुन् ।

काभ्रेपलाञ्चोकका अधिकारी लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् । यसअघि उनी २ कार्यकालसम्म सदस्य, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका जिम्मेवारी पूरा गरिसकेका छन् ।

यस्तै, प्रथम उपाध्यक्ष पदमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए ।

महासचिवमा अञ्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई पराजित गरेका हुन् । सचिवमा गोविन्दराज नेपाललाई पराजित गर्दै अनिल मल्ल ठकुरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा मुना कार्की निर्विरोध भइन् ।

सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित हुँदा महिला सदस्यमा नमिता दाहाल निर्विरोध भए ।

Exit mobile version