म्याग्दीका खम उर्जा राज्यमन्त्री नियुक्त

नयाँलिपिः राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गते कांग्रेसकै पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मतान्तरले हराएका थिए ।

प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी भएका थिए ।

Exit mobile version