नेपाल सुपर लिग :आजको खेल हारेमा ५० लाख घाटा

काठमाडौ ।नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाईनल खेल आज साझ हुदैछ । खेल काठमाडौको दशरथ रंगशालामा हुनेछ ।

आज हुने फाईनल खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीले प्रतिस्पर्धा गर्नेछ । निकै चासोको साथ हेरिएको यो लिगको विजेताले ८० लाख नगद भित्राउने छ भने उपविजेताको पोल्टामा ३० लाखमा मात्र पर्नेछ ।

फाइनल खेलमा हार्ने टोलीले ५० लाख घाटा ब्होरर्नेछ । अपराजित हुदै फाइनलको यात्रातय गरेको ललिपुर सिटी र उत्कृष्ट पुनरागमन गरेको पोखरा थन्डर्स बिचको खेल रोमाञ्चक हुने देखिन्छ ।

Exit mobile version