अब रवि दाई जेल आउजाउ गरिरहने ‘पटके’ हुन् –मुकुल ढकाल

नयाँलिपिः रास्वपाका निष्काशित नेता मुकुल ढकालले अध्यक्ष रवि लामिछानेलाई गुण्डा र ठगहरुजस्तै जेल आउने जाने गरिरहेन पटके भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत ढकालले उक्त धारणा राख्दै रविको वास्तविकता यही भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् ‘तीतो लाग्ला कुरा तर सत्य यही हो ।’

ढकालको प्रतिक्रिया जस्ताकोतस्तै:

रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ । कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन् । यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ ।

तपाईंहरुको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन् । यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ । रवि दाइ पनि ‘पटके’ भइसके ।

रवि दाइको यो ‘पटके’ अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन् । रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै ।

यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन् । अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ, र उहि अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने हुन् ।

तीतो लाग्यो कुरा, सत्य यहि हो ।

Exit mobile version